FAQs Complain Problems

पुर्ण खोप गाउँपालिका निर्माणका लागि एक दिने गोष्ठि

पुर्ण खोप गाउँपालिका निर्माणका लागि एक दिने गोष्ठि
तिर्थराज ज्ञवाली 
बैशाख १७, पीपरी(देउखुरी दाङ)
पुर्ण खोप गाउँपालिका सुनिश्चितता, दिगोपना  शुक्ष्म योजना अध्यावधिकका लागि सरोकारवालाहरु संगको एक दिने गोष्ठि मसुरीयामा सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा राप्ती गाउँकार्यपालिका सदस्यहरु विच एक दिने गोष्ठि गरिएको हो ।
गाउँपालिकामा खोपको अवस्था कस्तो छ, राप्तीमा  स्वास्थ्य संस्थाको हालको अवस्था तथा सुधारको अवस्था, पुर्ण खोप गाउँपालिका निर्माणका लागि थालीएको प्रयास, नियमित खोप कार्यक्रम, गाउँघर खोप क्लीनिकको अवस्था, आमा सुरक्षा कार्यक्रम,डट्स कार्यक्रम, कम्युनिटि डट्सको अवस्था, महिला स्वास्थ्य स्वयं सेविका कायएक्रम, विरामी जाच तथा उपचार सेवा, प्रयोगशालाको अवस्था, एम्बुलेन्स सेवा, सामान्य प्रशासन, आर्थिक प्रशासन, भ्याक्सीन कोल्डचेन, परिवार नियोजन सेवा, पोषणको अवस्था, सरुवा रोग तथा महामारी नियन्त्रण प्रयास, भण्डार ब्यवस्थापन, आई यम सि यम लगायतका कार्यक्रमका बारेमा  गोष्ठिमा स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी गर्नुभएको छ । 
गोष्ठिमा राप्तीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका पाँच स्वास्थ्य सेवा बाट विभिन्न खोप सेवा दिईदै आईएकोमा हालको अवस्थालाई थप बृद्धिगर्न स्वास्थ्य कर्मी साथै जनप्रतिनिधिहरु समेत लाग्ने निकर्ष निकालीएको छ ।, 
बिसीजी, डिपीटि १, डिपीटी ३, पीसीभि ३, यम आर १, यम आर २, जे ई, यफ आईपीभि २, टिडि २, २ प्लस लगायतका खोप विवरणका आधारमा राप्तीमा खोपको अवस्था राम्रो रहेको स्वास्थ्य चौकी सिसहनिया र भालुवाङका ईन्चार्ज ज्ञान कुमार बसेल र झवीलाल कडेलले जानकारी गराउनुभएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु तारा बहादुर डिसी, जगत बहादुर थापा, चन्दर चौधरी, विष्णु बहादुर घर्ति क्षेत्रि, गोवर्धन रावत, बेद प्रसाद चौधरी, गोकर्ण बहादुर राना मगरको विशिष्ठ आथित्यतामा एक दिने गोष्ठि गरिएको हो ।

समाचारररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररर
वडा नं ८ को चार योजनाहरुको अनुगमन
तिर्थराज ज्ञवाली 
बैशाख १७, पीपरी(देउखुरी दाङ)
राप्ती गाउँपालिका वडा नं ८ को यस आर्थिक वर्ष २०७५। ७६ को स्वीकृत वार्षिक योजना अन्तरगत चार योजनाहरुको अनुगमन गरिएको छ ।
कोहलुवा चारपाते सोतामा कल्भट, पीपरी गल्लीमा शान्ति टोलमा पक्की नाला, पीपरी सामुदायिक भवन छत ढलान, पीपरी दामोदर रोड कृषि सडकको अनुगमन गरिएको छ । 
मंगलवार गरिएको अनुगमनमा राप्ती गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, योजना शाखा असिस्टेन्ट सव ईन्जिनियर विमला भट्राई, प्राविधिक भागमति चौधरी, सञ्चार संयोजक तिर्थराज ज्ञवाली, निर्माण समिति अध्यक्ष रुकेन्द्र बहादुर केसी, धर्मदाश चौधरी, पदम प्रसाद गौतम, कालीराम चौधरी लगाएतको सहभागीता रहेको थियो । 
अनुगमनको क्रममा विस लाख अठार हजार लागत बरावरको योजना अनुगमन गरिएको थियो ।
 

आर्थिक वर्ष:

//