समाचार
राप्तीमा जनप्रतिनिधिलाई लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण तालीम
राप्तीमा जनप्रतिनिधिलाई लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण तालीम
तिर्थराज ज्ञवाली
१६ मंंसीर ,मसुरीया (दाङ्ग)
राप्ती गाउँपालिकामा जनप्रतिनिधिलाई अभिमुखीकरण तालीम दिईएको छ ।
राप्ती गाउँपालिकाको आयोजनामा चलीरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार राप्ती गाउँपालिकाका ९ वटै वडा तथा गाउँपालिकाका जनप्रतिनिधि, निगरानि समुहका लगाएतका लागि एक दिने लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण तालीम दिईएको हो ।
लैङिगक हिंसा र दुब्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रमा १६ दिननै विभिन्न कार्यक्रमको आयोजना गरि लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियान चलीरहेको अवस्था छ ।
आईतवार भएको जनप्रतिनिधि, निगरानि समुहका लगाएतका लागि एक दिने लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण तालीम राप्ती गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ट आथित्यतामा सम्पन्न भएको छ ।
जनप्रतिनिधि तथा निगरानि समुहकालाई लैङ्गिक हिंसा भनेको केहो, कस्तो प्रकृतिको ब्यवहारलाई लैङ्गिक हिंसा भनिन्छ, लैङ्गिक हिंसा गर्नेलाई कस्तो सजाए हुन संक्छ र जनप्रतिनिधि, निगरानि समुहको लैङ्गिक हिंसा विरुद्ध कस्तो भुमीका रहन्छ भन्ने विषयमा प्रशिक्षण दिईएको छ ।
जनप्रतिनिधि तथा निगरानि समुहकालाई लैङ्गिक हिंसा विरुद्ध प्रशिक्षण महिला विकास अधिकृत मोति बिकले दिनुभएको थियो ।