FAQs Complain Problems

राप्तीमा जैबिक बिबिधता संरक्षणको लागि समन्वय बैठक

राप्तीमा जैबिक बिबिधता संरक्षणको लागि समन्वय बैठक

पानी परियोजना अन्तरगत राप्ती नदीको जलिय जैबिक बिबिधता संरक्षणको माध्यमले दिगो आर्थिक बिकासका लागि आईतवार राप्ती गाउँपालिकामा समन्वय बैठक कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको समन्वय बैठकमा मानब कल्याण तथा बातावरण संरक्षण केन्द्रको यस आर्थिक वर्षमा संञ्चालन हुने कार्यक्रम तथा योजनाका बारेमा बैठकमा जानकारी गरिएको छ ।
पानी परियोजनाको सहयोगमा मानब कल्यण तथा वाताबरण संरक्षण केन्द्रबाट संचलित राप्ती नदीको जलिय जैबिक बिबिधता संरक्षणको माध्यमले दिगो आर्थिक बिकास परियोजना दाङ्ग जिल्लाको देउखुरीमा जलिय जैविक विविधता, जलवायु परिर्बतन दृष्टिकोणबाट अति संकटासन्न क्षेत्रको रुपमा रहेको देउखुरी क्षेत्रका ४ वटा स्थानिय तहमा कार्य सञ्चालन गरिरहेको छ ।
राप्ती गाउँपालिका, राजपुर गाँउपालिका, गढवा गाँउपालिका र लमहि नगरपालिकामा राप्ती नदीको जलिय जैबिक बिबिधताका चुनौतीहरुलई न्युनिकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्न । राप्ती नदीको जलिय जैबिक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक बिकास गर्न । महिला, सिमान्तकृत बर्ग, गरीब तथा मछुवारा समुदायको आर्थिक उन्नती बृद्धि गराउने उद्घेश्यका साथ कार्य अघि बढिरहेको फिल्ड संयोजक राममोति चौधरीे जानकारी दिनुभएको छ ।

 पानी परियोजना अन्तरगत मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले यस बर्ष आर्थिक वर्षमा  नियमित, हरेक दिन, साप्ताहिक, मासिक, त्रैमासीक, अर्धवार्षिक रुपमा स्थानिय निकायका जनप्रतिनिधि हरु संग समन्वय बैठक, जलियजैविक विविधता संरक्षण  समुह गठन  जलीय जैविक विवधता संरक्षण समहको क्षमता अभिबृद्धि  तालिम, माछा गैह्र माछा तथा मिचाहा प्रजातीको सर्बेक्षणका लागी अभिमुखिकरण, माछा गै्रर तथा मिचाहा प्रजातीको सर्बेक्षण, गाउँपालिका  स्तरिय समहको संजाल गठन, संजालको विधान निर्माण तथा विकाशका कार्यक्रम सञ्चालन गरिने समाजिक परिचालक रामबरण यादवले बताउनु भएको छ ।
यस आर्थिक वर्षमा जलीय जैविक विवधता संरक्षण समुहहरुको नियामित बैठक तथा गाउँपालिका  स्तरिय संजालको त्रैमासिक बैठक, संजाल लाई सिकाई तथा अवलोकन भ्रमण, जलचर एवं जलीय जैविक विवधता संरक्षण एैन सम्वन्धी अभिमरखीकरण कार्यक्रम, चार वटा ईको क्लव गठन तथा पुर्नगठन गर्ने, जलीय जैविक बिवधता संरक्षण सम्वन्धि सचेतना कार्यक्रम  संञ्चालन गर्ने, माछा संरक्षण नदी क्षेत्र तथा विधेयक हस्तान्तरण एंव घोषण कार्यक्रम सञ्चालन गर्ने, सरोकारवालाहरुको प्रमर्श बैठक गर्ने स्रोत, सर्बेक्षण मापन कार्य योजना तयारी  गर्ने, नदी हस्तान्तरण लागी प्रकृयाहरु प्ुारा गर्ने ,नदी तथा माछा संरक्षण क्षेत्र हरुतान्तरण गर्ने  समारोह कार्यक्रम गरिने आयोजना गर्ने कार्यक्रम समेत मानव कल्याण तथा बातावरणका सहसचिव केपी घिमीरेले जानकारी दिनुभएको छ ।
राप्ती क्षेत्रमा यस आर्थिक वर्ष समेत गत आर्थिक वर्षमा सञ्चालन गरेका विशेष कार्यक्रमलाई निरन्तरता समेत दिईएको कार्यक्रम प्रवन्धक प्रदिप मजगैयाले जानकारी दिनुभउको छ जसमा माछा पाईने मुख्य मुख्य स्थान पहिचान गरी होडिङबोर्ड राख्ने, गाउँपालिका  स्तरिय जलीय एंव जलचर ब्यवस्थापन मंच गठन, जलीय एंव जलचर ब्यवस्थापन मंच गठन सचेतना कार्यक्रम निरन्तरता दिने, जलीय एंव जलचर ब्यवस्थापन मंच को त्रैमासिक बैठक, उद्दमशिलता बिकाश तालिम, परम्परगत तरीकाले माछा मार्ने जाल बुन्ने  तालिम, पर्यापर्यटन प्रर्वद्धन तालिम (बगारापुरमा), बगर खेती तालिम, माछा संकलन केन्द्र स्थापना, सरोकारवालाहरुको संयुक्त अनुगमन जस्ता कार्यक्रमलाई निरन्तरता दिईने बैठकमा जानकारी गराईएको छ ।
कार्यक्रममा  राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु तथा वडा नं ६ र ७ मा गठन भएका बैखामाछा संरक्षण समितिका पदाधिकारी लगायत मानब कल्याण तथा बातावरणका कर्मचारी पदाधिकारीहरको सहभागीता रहेको थियो ।

 

तिर्थराज ज्ञवाली
साउन १९,मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: