FAQs Complain Problems

राप्तीमा निगरानि समुहलाई सक्रिय बनाईदै

राप्तीमा निगरानि समुहलाई सक्रिय बनाईदै

राप्ती गाउँपालिकामा लैङिगीक हिंसा विरुद्ध निगरानि समुहलाई सक्रिय बनाउन वडा गत रुपमा गठित निगरानि समुहको नियमीत रुपमा बैठक बस्ने गरेको सहायक महिला विकास निरीक्षक विनिता अधिकारीले जानकारी दिनुभएको छ ।
राप्ती गाउँपालिकामा विगतका वर्षहरुमा गठन भई पछिल्लो समयमा निस्कृय निगरानि समुहलाई राप्ती गाउँपालिकामा महिला तथा बालबालीका शाखा स्थापना भएपश्चात सहायक महिला विरीक्षकको रोहवरमा नौ वटै वडा मा  निगरानि समुह गठन गरि लैङिगीक हिंसा विरुद्ध अभियान तथा खवरदारी गरिदै आईएको छ ।
महिला विकास निरीक्षक विनिता अधिकारीका अनुसार गठन भएका वडा गतरुपमा निगरानी समुहले आफ्नो टोल, गाउँ, वडामा महिला बालबालीका हिंसा,महिलालाई हुने दुर्वेवहार विरुद्ध जनचेतना जगाउने, सचेत गर्ने, पीडामा परेका लाई कानुनी उपचारका लागि सहयोग गर्ने, हिंसा नगर्ने र नसहन, १६ दिन लैङिगीक हिंसा विरुद्धको अभियानमा सक्रिय लाग्ने लगाएतका कार्य गर्दै आएको बताउनु भएको छ ।

 

 

तिर्थराज ज्ञवाली 
१० चैत्र, मसुरीया(दाङ)

आर्थिक वर्ष: