समाचार
राप्ती गाउँपालिकाको चौथो गाउँसभा माघ २८ गते हुने
राप्ती गाउँपालिकाको चौथो गाउँसभा माघ २८ गते हुने
तिर्थराज ज्ञवाली
माघ २५, मसुरीया (दाङ)
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को १६ औ बैठक शुक्रवार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरि सर्बसम्मत रुपमा स्वीकृत गरेको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
बैठकले राप्ती गाउँपालिकाको चौथो गाउँसभा यहि माघ २८ गतेदेखी सुरु गर्ने सो सभाको तयारीका लागि गाउँपालिकाका विषयगत शाखाहरुलाई जिम्मेवारी दिने, कृषि योग्य जग्गाको खण्डिकिरण सम्वन्धमा मन्त्रालयबाट जारी निर्देशनको बुँदा ५ अनुसार जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति गठन गर्ने, जलचर एवं जलिय जैविक विभिधता संरक्षण सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ गाउँ सभाबाट पारित गर्न सिफरिस गर्ने, गत वर्षमा भएको अंक गणितिय त्रुटि सच्चाउने, आय तथा ब्यय अनुमान संसोधन गर्ने, थप योजना तथा कार्यक्रममा बजेट थप गर्ने, निर्णय गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
बैठकले विपी आधारभुत विद्यालयमा फर्निचर निर्माण, कालापानी कुलो लाईनिङ, गणेशमान बाचनालय ब्यवस्थापन, आचार्यटोल बाटो मर्मत, छोट्की सिसहनिया महिला भबन निर्माण, विजौरी मौरीघाट पशु सेवा भवन, घोङलेआप खानेपानी योजना, २ नं बडा कार्यालय देखी बग्गे जाने बाटो, वडा नं ६ वडा कार्यालय निर्माण स्थल कम्पाउन्ड संरक्षणका लागि समेत रकम थप गरेको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।