FAQs Complain Problems

रुपाकोटमा महिला विकास समिति गठन

रुपाकोटमा महिला विकास समिति गठन
तिर्थराज ज्ञवाली
बैशाख २०, मसुरीया(देउखुरी दाङ)
राप्ती गाउँपालिका वडा नं ९ को रुपाकोटमा श्री खड्केश्वरी महिला विकास समिति गठन गरि तालीम प्रदान गरिएको छ । 
राप्ती गाउँपालिका महिला बालबालीका तथा समाज कल्याण इकाईको आयोजनामा गठित  समितिलाई अनुशिक्षण तालीम दिईएको छ ।
अनुशिक्षण तालीममा महिला विकास कार्यक्रम उदेश्य, कार्यान्वयन विधि र भोलीको सोच, समुह गतिशिलता समुह के हो, कीन हो र कसरी हो,  बचत के हो, कीन गर्ने र कसरी गर्ने,लैङ्गिकता लैङ्गिक भुमीका र शब्दावली, प्रजनन स्वास्थ्य परिभाषा नौ भाग र लिङ्ग निर्धारण, घरेले हिंसा के कारण र निवारणका उपाय, ग्रामीण ब्यवसायको परिचय र ब्यवसाय छनौट गर्दा ध्यान दिनुपर्ने कुरा, नेतृत्व, सञ्चार र संञ्चार सिपहरु, महिला सशक्तिकरणमा समुह सदस्यको अभिकार्य लगायतका विषयहरुमा प्रशिक्षक विनिता अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।
रुपाकोटमा श्री खड्केश्वरी महिला विकास समिति ५ समुहका  ३० सदस्य रहेको समिति हो ।  कार्यक्रममा वडा नं ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर तथा वडा सदस्यहरुको सहभागीता रहेको थियो । 
श्री खड्केश्वरी महिला विकास समितिमा सरिता पुन्जु अध्यक्ष, देउकला विक उपाध्यक्ष, लिला पुन सचिव, टुकमाया फुन्जा कोषाध्यक्ष, गीता कुमारी वि.क सहसचिव  तथा चार सदस्य रहेको समिति निर्माण गरिएको छ ।
 

आर्थिक वर्ष:

//