FAQs Complain Problems

वडा नं ६ मा गाउँ स्तरिय खेलकुद प्रतियोगीता सुरु

वडा नं ६ मा गाउँ स्तरिय खेलकुद प्रतियोगीता सुरु
 

राप्ती गाउँपालिका वडा नं ६ मा गाउँ स्तरिय  खेलकुद प्रतियोगीता शुक्रवारदेखी सुरु भएको छ ।
राप्ती गाउँपालिका वडा नं ६ को यस आर्थिक वर्ष २०७५।०७६को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत गाउँ स्तरिय  खेलकुद प्रतियोगीता कार्यक्रम सुरु भएको हो ।
वडा नं ६ का  बगरापुर, सगरापुर, पत्थरगढवा, भगवानपुर र मझेरिया गाउँ स्तरिय फुटवल र भलीवल खेल सञ्चालन भैरहेको र यस खेलको आयोजनाले स्थानिय खेलाडीहरको प्रतिभा प्रस्फुटन हुनेहुदा कार्यक्रमको आयोजना गरिएको वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।
शुक्रवार विहान गाउँ स्तरिय खेलकुद कार्यक्रमको उद्घाटन गदै राप्ती  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले युवा तथा खेल प्रेमीहरुलाई खेल प्रतिको रुचिको विकास गर्न र दक्ष खेलाडिको पहिचान एवं गाउँ गाउँ बिच सकारात्मक सोचको विकासका लागि खेलकुद आवस्यक रहेको बताउनुभएको छ ।
राप्ती गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीको अध्यक्षता, राप्ती  गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता एवं  प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, प्रबक्ता विद्याशरण चौधरीको विशिष्ठ आथित्यतामा खेलकुद कार्यक्रम सुरु भएको हो ।
पाँच गाउँको प्रतिस्पर्घा रहेको प्रतियोगीतामा विजेता टिमलाई नगद तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

 

 

तिर्थराज ज्ञवाली 
४ माघ, मसुरीया(दाङ)

आर्थिक वर्ष: