समाचार
२ दिने बेमैसमी तरकारी खेती प्रविधि तालिमको आईतवार २ न. वडा भवनमा समापन
राप्ती गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडा नं २ को
आयोजनामा २ दिने बेमैसमी तरकारी खेती प्रविधि तालिमको आईतवार २ न. वडा
भवनमा समापन गरिएको छ ।
बडा न. २ का टोल विकास संस्थाका प्रतिनिधि प्रशिक्षार्थि रहेको तालिम
समापन कार्यक्रम वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षतामा समापन गरिएको
छ । तालिममा आगार्निक खेती, उन्नत खेती, बेमैसमी तरकारी खेती, तरकारी
भण्डारण तरीका, सुरक्षित जैविक विषाधिको प्रयोगविधि लगायतका विषयमा
सहभागीलाई प्रशिक्षण दिईएको वडा सचिव हेमन्त भण्डारीले जानकारी दिनुभएको
छ ।
तालिममा सहभागी मध्य उत्कृष्ट तथा बृद्घ शोभाकर भुसाललाई तरकारी
उत्पादनमा सहयोग पुग्ने सामाग्री प्रदान गरिएको छ भने सम्पुर्ण सहभागीलाई
गोभि तथा अन्य तरकारीको उन्नत विउ उपलब्ध गराईएको छ ।
तालिम समापन कार्यक्रममा एकतानगर टोल विकास संस्थाका अध्यक्ष हिमा पुरी
तथा हरी पोख्रेलले कार्यक्रमको सान्दर्भिकताका वारेमा मन्तब्य ब्यक्त
गर्नुभएको थियो । २ दिने बेमैसमी तरकारी खेती प्रविधि तालिमको
प्रशिक्षकको रुपमा कृषि प्राविधिक सहायक प्रेम कुमार चौधरी रहनुभएको थियो