समाचार
राप्तीको एकीकृत ग्रामीण विकास योजनाको मस्यौदामा छलफल
राप्तीको एकीकृत ग्रामीण विकास योजनाको मस्यौदामा छलफल
तिर्थराज ज्ञवाली
२०७५ साल १२ पौष, मसुरीया(दाङ)
राप्ती गाउँपालिकाको एकीकृत ग्रामीण विकास योजनाको मस्यौदामा विहिवार छलफल सुरु गरिएको छ ।
विहिवार र शुत्रबार गरिने छलफलमा राप्ती गाउँपालिकाको गत आर्थिक वर्षको स्वीकृत योजना अनुसार गाउँपालिकाको एकीकृत ग्रामीण विकास योजना निर्माणका लागि नामसालीङ संस्थासंगको प्रविधिक सहयोगमा कार्य सुरु गरिएको थियो ।
विहिवार कार्यपालिका सदस्यहरु, राप्ती गाउँपालिकामा रहेका राजनैतिक पार्टि प्रतिनिधि, होटल ब्यवसायी, राप्ती उबासंघका प्रतिनिधिहरुको सहभागीतामा मस्यौदामा छलफल गरिएको छ ।
राप्ती गाउँपालिकाको एकीकृत ग्रामीण विकास योजनामा राप्ती क्षेत्रको आर्थिक विकास, समाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, विक्तिय ब्यवस्थापन तथा सुशासन अन्तरगतका विषयबस्तुमा आधारीत रहेर विश्लेषण गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी गराउनु भएको छ ।
एकीकृत ग्रामीण विकास योजनामा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालका अनुसार आर्थिक विकासमा कृर्षि, पशुपालन, उद्योग, वाणिज्य, पर्यटक , सहकारी तथा बिक्तिय बजार ब्यवस्थापन, समाजिक विकासमा शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, सरसफाई, संस्कृति, बालबालिका, लैङिक समानता, सामाजिक समाबेशिकरण, सुकुम्वासी, भुमीहिन पुर्वाधार विकासमा सडक, पुल, सिंचाई, भवन तथा शहरी विकास, ढल, विद्युत, बैकल्पीक उर्जा, संचार, वातावरण तथा विपद ब्यवस्थापनमा वन वातावरण, भु संरक्षण, जलाधार संरक्षण, फोहरमैला ब्यवस्थापन, जलउत्पन्न प्रकोप, विपद ब्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाहमा मानव संसाधन विकास, संस्थागत विकास,पुर्वाधार, नागरिक वडापत्र, सेवा प्रवाहमा विद्युतिय सुचना प्रविधिको प्रयोग, विक्तिय ब्यवस्थापन तथा सुशासन अन्तरगत राजश्व परिचालन, प्राकृतिक स्रोत साधनको परिचालन, अभिलेख ब्यवस्थापन, विक्तिय अनुशासन, आन्तरिक नियन्त्रण प्राणाली,सुचना तथा संचार ब्यवस्थापन लगाएतका विषयमा राप्ती गाउँपालिकाको एकीकृत ग्रामीण विकास योजनामा समेटिएको बताउनु भएको छ ।
छलफलमा नामसालिङका विनोद निरौला, गेहेन्द्र निरौला,हिराकाजि घले र विकास ढुङगेलले लगाएतको सहभागीता रहेको थियो ।