समाचार
योजनाको अवस्था बारे प्राविधिक संग सोधपुछ
योजनाको अवस्था बारे प्राविधिक संग सोधपुछ
राप्ती गाउँपालिकाको हाल सम्मको योजना तथा कार्यक्रमको अवस्थाको बारेमा राप्ती गाउँपालिकाका ईन्जिनियर, ओवरसियर, अ.स.ई, अमिन, प्राविधिकहरुसंग सोधपुछ गरिएको छ ।
यस आर्थिक वर्षको स्वीकृत योजना अन्तरगतका विकास निर्माणका योजनाहरुको अवस्था कहा पुग्यो भनि राप्ती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतले सोधपुछ गर्नु भएको हो । राप्ती गाउँपालिकाको तेस्रो गाउँसभाबाट स्वीकृत भएका योजनाहरुलाई हिले योजना बाट बचाउदै समयमै सम्पन्न गर्न ईन्जिनियर, ओवरसियर तथा अ.स.ई तथा प्राविधिकहरुसंग सोधपुछ गरिएको हो ।
सम्पन्न योजना, सञ्चालनमा रहेका योजना, सुरु नभएका योजना, घर नक्सा अभिलेखीकरण लगाएतका विषयमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले सोधपुछ गर्नु भएको हो ।
राप्ती गाउँपालिकाले यस आर्थिक वर्षका सम्पुर्ण स्वीकृत योजनाहरुलाई समयमै गुणस्तरियरुपमा सम्पन्न गर्न उपभोक्ता समतिलाई अनुरोध गरेको छ । साथै सम्पुर्ण कर्मचारीलाई योजनाका कार्य सुरुहुन पुर्ब स्टीमेट निर्माणमा वा जानकारी दिनेकार्यमा समयमै सहयोग गर्न समेत निर्देशन समेत गरिएको छ ।
तिर्थराज ज्ञवाली
२१ चैत्र, मसुरीया(देउखुरी दाङ)