FAQs Complain Problems

मौका परीक्षाको पुनर्योगको नतिजा आयो ।

मौका परीक्षाको पुनर्योगको नतिजा आयो । तिर्थराज ज्ञवाली जेष्ठ २६, मसुरीया(देउखुरी दाङ) राप्ती गाउपालिका अन्तर्गत शैक्षिक सत्र २०७५ मा सञ्चालन भएको आधारभूत तह कक्षा ८ को मौका परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि कार्यालयमा निवेदन पेश गरेका परीक्षार्थीहरुको नतिजा आएको छ । जेष्ठ २५ गते बसेको आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यबस्थापन समितिको बैठकको निर्णय अनुसार पुनर्योग गर्दाको नतिजा आईतवार प्रशासन गरिएको राप्ती गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत विश्वास विकले बताउनु भएको छ । नतिजा प्रशासन गरिएका विद्यालयहरुमा सर्वोदय माध्यामीक विद्यालय सिसहनियाका रोल नं ०१८४५ विज्ञान विषय, सरस्वती आारभुत विद्यालय छोटकी सिसहनिया रोल नं ००४१९ र ००५३३ गणित विषय, माध्यामीक विद्यालय मौरिघाटका रोल नं ००१०० गणित विषय, दिप ज्योति ईग्लीस बोडिङ रोल नं ००७२६ विज्ञान विषय, आदर्श नमुना माध्यामीक विद्यालय लालमटिया रोल नं ०१०७२, ०१४५५,०१७७२ विज्ञान र रोल न ं ०१७६९ र ०१९६१ गणित विषयका रहेको राप्ती गाउँपालिका शिक्षा शाखाका फनेन्द्र देवकोटाले जानकारी दिनुभएको छ । कक्षा ८ को मौका परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि कार्यालयमा निवेदन पेश गरेका परीक्षार्थीहरुको नतिजा नाम सहित राप्ती गाउँपालिकाको बेब साईडमा हेर्न मिल्ने छ ।

आर्थिक वर्ष: