FAQs Complain Problems

मानव बेचविखन विरुद्ध जनचेतना

मानव बेचविखन विरुद्ध जनचेतना

 

राप्ती गाउँपालिका क्षेत्रलाई मानव बेचविखन रहित क्षेत्रको रुपमा विकास गर्ने अभियान अन्तरगत शुक्रवार मानव बेचविखन विरुद्ध जनचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङको आयोजनामा भएको जनचेतना कार्यक्रममा जनप्रतिनिधि, वडा गत रुपमा निगरानि समुह, महिला समुह, युवा समुहका प्रतिनिधिहरुलाई मानव बेचविखन विरुद्ध जानकारी दिईएको थियो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा लगायतको सहभागीता रहेको कार्यक्रममा आगामी दिनमा स्थानिय सरकारले मानव बेचविखन विरुद्ध सञ्चालन गरिने अभियानका बारेमा जानकारी दिईएको थियो ।
मानव बेचविखन हुने तरिका, बेचविखन कर्ताले अपनाउने विधि, हुन सक्ने खतरा, नेपालको संविधानमा मानव बेचविखन विरुद्धका सजाय, दण्ड, जरिवाना, मानव बेचविखन बाट बच्ने उपायका वारेमा जानकारी, छलफल तथा प्रशिक्षण गरिएको थियो ।

 

तिर्थराज ज्ञवाली
भदौ २०76, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष:

//