FAQs Complain Problems

आईसोलेसन सेन्टरको पछिल्लो अवस्थाका बारेमा छलफल

आईसोलेसन सेन्टरको पछिल्लो अवस्थाका बारेमा छलफल

कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर  राप्ती गाउँपालिका मौरिघाटको बारेमा पछिल्लो समसामयिक विषयमा बुधवार छलफल गरिएको छ ।
देउखुरी क्षेत्रका चार वटा स्थानिय निकायहरुको पहलमा सञ्चालनमा आएको सो कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर अव कसरी संञ्चालन गर्ने भन्ने वारेमा चार वटै पालिका विच छलफल गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको बैठकमा ५ नं प्रदेश सभा सदस्य ईन्द्रजित चौधरी,लमहि नगरपालिका प्रमुख कुल बहादुर केसी, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी लगायतको सहभागीता रहेको थियो ।
बैठकमा चार वटै स्वास्थ्य प्रमुखहरुले पछिल्लो कोरना संक्रमणको अवस्था र हाल सम्मको अवस्था र ब्यवस्थाको बारेमा जानकरारी गर्नु भएको थियो ।
विश्व स्वास्थ्य संगठनको मापडण्ड र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिपत्रको बारेमा समेत छलफल गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।
कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर राप्ती गाउँपालिका मौरिघाटमा हाल सम्म चार पालिकाका १०२ जना कोरना संक्रमित राखीएकोमा ८६ जनालाई विश्व स्वास्थ्य संगठनको मापडण्ड र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मान्यता अनुरुप हेरचाह गरि घर पठाईएको छ भने १६ जना अझै सेन्टरमा उपचारको क्रममा रहनु भएको छ ।
बैठकमा राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको सो कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टरका कारण नेपाल सरकार शिक्षा मन्त्रालय र परिक्षा नियन्त्रण कार्यालयले सुरु गर्ने भनेको परिक्षा सञ्चालन गर्न सकीने वा अन्यत्र बैकल्पीक स्थानमा परिक्षा सञ्चालन गर्ने भन्ने वारेमा समेत छलफल गरिएको छ । 
कोरना संक्रमित राख्ने कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर र अध्यापन गराउने प्राविधिक शिक्षालयका विषयमा समेत राप्ती प्राविधिक शिक्षालयका प्रतिनिधि संग छलफल समेत गरिएको छ ।

तिर्थराज ज्ञवाली 
साउन १४, मसुरीया(देउखुरी दाङ)

आर्थिक वर्ष: